राजधानीको टोखाबाट ८ जना जुवाडे समातिए
शुक्रबार, १५ कात्तिक २०७६, २२ : ३२

काठमाडौँ । प्रहरीले राजधानीको टोखाबाट ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सन्तोष कुमार दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले टोखा १० बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजेन्द्र शाही, सोमबहादुर मगर, बुद्धिलाल मगर, जित गुरुङ, मानकाजी गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा रहेकाे प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ५९ हजार ३०० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।