शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कारागारमा लगाइएको ताला खुल्यो

शुक्रबार, १५ कात्तिक २०७६, २० : ११
शुक्रबार, १५ कात्तिक २०७६

बाँके –  बाँके कारागारको भित्री गेटमा कैदीबन्दीले लगाएको तालाबन्दी शुक्रबार खोलिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा भएको तीन बुँदे सहमतिपछि कैदीबन्दीले गेटमा लगाएको ताला खोलेका हुन् । 

छलफलमा सहभागी मानवअधिकारकर्मी वसन्त गौतमका अनुसार, जेलर भरतराज पाण्डेको सरुवा, चौकीदार भरत फडेरालाई पदमुक्त र कैदीबन्दीले उठाएका अनियमिता सम्बन्धी विषयको छानबीन गर्ने सहमति भएको छ । 

कारागारका कैदीबन्दीले कारागारका जेलर, चौकीदार र नाइकेले आफूहरुलाई आर्थिक तथा शारीरिक शोषण गरेको भन्दै बिहीबारदेखि भित्री गेटमा तालाबन्दी गरी आन्दोलन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप