म्याग्दीमा जिप दुर्घटना, २ जनाको मृत्यु
म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो ।
मृतकमध्ये मालिका गाउँपालिका–२ का सकबहादुर विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । अर्का एक मृतकको पहिचान खुलेको छैन ।
प्रहरी निरीक्षक शर्माका अनुसार जिपभित्र बसेका १५ जना सकुशल छन् । छतमा चढेका तीन जना जिप पल्टिँदा उछिट्टिएर सडकको डिलबाट भिरमा खसेका थिए । रुखमा अड्किएका एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उकालो बाटोमा जिप पछाडि घस्रिएर सडकमै पल्टिएको घटनास्थल पुगेका मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा