बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भोजपुरी सुपरस्टार ‘निरहुआ’ र सेलिनाको छठ गीत ‘मत होख ए धनियाँ...’

शुक्रबार, १५ कात्तिक २०७६, १६ : ३१
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं– भोजपुरी सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ र गायिका सेलिना कुँवरको स्वर रहेको छठ गीत सार्वजनिक भएको छ ।  ‘मत होख ए धनियाँ...’ बोलको गीत छठ पर्वको अवसर पारेर सार्वजनिक गरिएको हो । गतिमा सन्तोषराज सहनीको संगीत, आनन्द अस्तिभाको शब्द छ । 

‘निरहुआ’ भोजपुरी गीतका राम्रो गायक पनि हुन् । भोजपुरी फिल्म ‘रोमियो राजा’को छायांकनको सिलसिलामा ‘निरहुआ’ काठमाडौं आएको मौकामा सेलिनाले गीत रेकर्ड गराएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप