शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'मे खिलाडी तु अनाडी'का निर्माता चम्पक जैनको निधन

शुक्रबार, १५ कात्तिक २०७६, १६ : ०७
शुक्रबार, १५ कात्तिक २०७६

मुम्बई – बलिउड फिल्म निर्माता चम्पक जैनको निधन भएको छ । ब्रेन हेमरेजका कारण उनको बिहिबार साँझको निधन भएको हो । मे खिलाडी तु अनाडी, जोश, गरम मसला जस्ता हिट फिल्मका निर्माता जैनको निधनले अहिले बलिउड शोकमा डुबेको छ ।

जैन म्युजिक र फिल्म निर्माण कम्पनी वीनस र युनाइटेड ७ का मालिक हुन् । अफिसमा मिटिङ गर्दै गर्द उनको निधन भएको बलिउड मिडियाले उल्लेख गरेका छन् । ‘उनी जुहुको अफिसमा बसेर मिटिङ गर्दै थिए । अचानक ब्रेन हेमरेज अस्पताल लैजादै गर्दा उनको निधन भयो’ समाचारमा उल्लेख छ ।

जैनको निधन प्रति बलिउड सेलिब्रेटी तथा राजनीतिक दलका नेताहरुले ट्वीट मार्फत शोक ब्यक्त गरिरहेका छन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप