शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टेलर स्विफ्टले पाइन् दशककै उत्कृष्ट आर्टिस्टको उपाधि

शुक्रबार, १५ कात्तिक २०७६, ११ : २४
शुक्रबार, १५ कात्तिक २०७६

अमेरिकी गायिका टेलर स्विफ्टले यस वर्षको अमेरिकन म्युजिक अवार्डमा दशककै उत्कृष्ट आर्टिस्टको प्रतिष्ठित सम्मान पाउने भएकी छिन् ।

यो उपाधि उनीबाहेक यसअघि गार्थ ब्रुक्सलाई सन् २००० मा प्रदान गरिएको थियो ।

यसअघि स्विफ्टले चार पटक आर्टिस्ट अफ द इयरको उपाधि पाइसकेकी छिन् । उनी यसवर्ष पनि नोमिनेशनमा परेकी छिन् ।

‘लभर’ की गायिकासँग अमेरिकन म्युजिक अवार्डका २३ अन्य अवार्ड छन् । यसले उनलाई अमेरिकन म्युजिक अवार्डको दशककै उत्कृष्ट आर्टिस्टको शीर्ष स्थानमा पुर्‍याउन सफल भयो ।

‘टेलरले यो दशकमा संगीत क्षेत्रमा पुर्‍याएको योगदान निर्विवाद छ । अमेरिकन म्युजिक अवार्डमा उनको प्रस्तुती उत्कृष्ट रह्यो,’ डिक क्लार्क प्रोडक्सनका एक्जिक्युटिभ मार्क ब्राकोले एक वक्तव्यमा भने । ‘हामी उनलाई दशककै उत्कृष्ट आर्टिस्टको उपाधि प्रदान गर्न पाउँदा निकै उत्साहित छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप