केन्द्रीय संस्करण
अन्तरवार्ता

विप्लवपुत्र प्रकाशसँग पारिवारिक संवाद

बुवालाई भेट्न पाए हुन्थ्यो, सँगै बस्न पाए हुन्थ्यो लाग्छ

person explore access_timeकात्तिक १५, २०७६ chat_bubble_outline0
शम्भु दंगाल

रातोपाटी

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि अहिले सो पार्टीका सबै शीर्षस्थ नेता तथा कार्यकर्ता भूमिगत अवस्थामा छन् । गैरकानुनी गतिविधि गरेको आरोपमा नेता–कार्यकर्ताहरु पक्राउ परिरहेका पनि छन् । तर सो पार्टीका महासचिव विप्लवका छोरा प्रकाश चन्द भने यतिबेला अध्ययनका साथसाथै विद्यार्थी आन्दोलनमा सक्रिय छन् ।

मेडिकल शिक्षा लिइरहेका उनी सरकारले तोकेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेजको शुल्क फिर्ता तथा सरकारी निर्णय कार्यान्वयन गर्न दवाव दिँदै विद्यार्थी आन्दोलनमा संलग्न छन् । चितवन मेडिकल कलेजमा अध्ययनरत उनी सोही कलेजमा आन्दोलनको नेतृत्व गरेर बढी लिएको भर्ना शुल्क फिर्ता तथा सरकारी निर्णय कार्यान्वयन गर्ने सहमति गराउन सफल भएका छन् भने वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा पनि सरकारी निर्णय लागू गराउन आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना बुवासँग भेट नभएको उनले बताए । प्रस्तुत छ, प्रकाश चन्दसँग रातोपाटीले गरेको संवाद :

तपाईंको बुवा प्रतिवन्धित दलको नेता हुनुहुन्छ, तपाईं फरक प्रकारको आन्दोलनको नेतृत्व गरिराख्नुभएको छ । सुरक्षाको प्रत्याभूति कतिको हुन्छ ? पक्राउ हुने डर छैन ?

छ नि, किन नहुने ! म यहीँ पनि पक्राउ पर्न सक्छु । तर म के कुरामा ढुक्क छु भने नेपालका मेडिकल क्षेत्रका विद्यार्थीहरुले मप्रति राखेको विश्वासका अगाडि कुनै पनि शक्ति टिक्न सक्ला जस्तो मलाई लाग्दैन । यो आन्दोलन चलाउँदै गर्दा गृह प्रशासनले प्रकाश चन्दलाई नै टार्गेटमा पार्नु आवश्यक छैन । मेरो विचारमा यो विषयमा त गृहमन्त्रीको छोरा, राष्ट्रपतिकै छोरी, पूर्व राष्ट्रपतिका नाति–नातिनाहरु, हाम्रै पुलिस प्रशासनका अधिकृतका छोराछोरीहरुले नेतृत्व गरिदिए अझै राम्रो हुने थियो । उहाँहरुलाई बढी सुरक्षा हुन्थ्यो होला, मेडिकल माफियाहरु अझ बढी तर्सिन्थे होला ।

*****

मुमासँग पनि मेरो सम्पर्क नभएको धेरै भइसक्यो । उहाँ मामा घर जान्छु भनेर जानुभएको । खुट्टाको लिगामेन्ट फ्याक्चर भएको थियो । मैले सिएमसीमै ल्याएर उपचार पनि गरेँ । उहाँले ब्यान्डेज गर्न पनि मान्नुभएन । सामान्य उपचारपछि उहाँ जानुभयो ।  त्यसपछि हाम्रो सम्पर्क हुन सकेको छैन । तर दिदी र भाई मसँगै छन् ।

*****

हामीले रहरले आन्दोलन गरेका होइनौँ । मलाई आशा छ, यो समस्याको हल हुँदै जानेछ । यदि भोलि कुनै अप्रिय घटना घट्यो भने पनि सबैले हामीलाई सहयोग गर्नुहुनेछ । सबै विद्यार्थीहरुले पनि यो विषयमा आवाज उठाउनुहुन्छ भन्ने एउटा भरोसा छ ।


अहिले तपाईंको पारिवारिक वातावरण चाहीँ कस्तो छ ? पारिवारिक भेटघाट हुन्छ कि हुँदैन ?

छैन । म अहिले नितान्त एक्लो छु । आन्दोलनमा व्यस्त छु । संघर्षका योजनाहरु बनाउने र यसै विषयमा भेटघाटहरुमा समय बित्ने गरेको छ । बन्द मोर्चाका साथीहरुसँग कुनै भेटघाट छैन । म खुला मोर्चामै छु । खुला मोर्चाबाट चिकित्सा क्षेत्रको सुधारका लागि म संघर्ष गरिरहेको छु । यसमा हाम्रो टिम छ, टिमले नै यो संघर्ष गरिरहेको छ । यसलाई मैले सकेको जति नेतृत्व प्रदान गरिरहेको छु । त्यसकारण उता भेटघाट गर्ने अहिले सम्भावना पनि छैन र अहिले त्यो आवश्यक छ जस्तो पनि लाग्दैन ।

आमा पनि भूमिगत हुनुभएको हो कि तपाईंसँगै हुनुहुन्छ ?

मुमासँग पनि मेरो सम्पर्क नभएको धेरै भइसक्यो । उहाँ मामा घर जान्छु भनेर जानुभएको । खुट्टाको लिगामेन्ट फ्याक्चर भएको थियो । मैले सिएमसीमै ल्याएर उपचार पनि गरेँ । उहाँले ब्यान्डेज गर्न पनि मान्नुभएन । सामान्य उपचारपछि उहाँ जानुभयो ।  त्यसपछि हाम्रो सम्पर्क हुन सकेको छैन । तर दिदी र भाई मसँगै छन् ।

दसैँ कसरी मनाउनुभयो ?

मेरो हजुरआमा हुनुहुन्छ, गाउँमा ठुलीमुमा हुनुहुन्छ । मेरो फुपुहरु हुनुहुन्छ, त्यहाँ गएर हामीले एउटा पारिवारिक वातावरणमा मनायौँ । मेरो दाईहरु हुनुहुन्छ, दिदीहरु हुनुुहुन्छ । एउटा पारिवारिक वातावरणमा खुसी साट्ने कुरा न हो । त्यसरी नै मनायौँ ।

*****

मान्छेको भावनाको कुरा हो नि यो त । भेट्न पाए हुन्थ्यो, सँगै बस्न पाए हुन्थ्यो । कुरा गर्न पाए हुन्थ्यो । मैले अहिलेसम्म पढेका कुराहरु भन्न पाए हुन्थ्यो । आन्दोलनका कुराहरु भन्न पाए हुन्थ्यो । हामीलाई यहाँ नपुगेको कुरा उहाँलाई सुनाउन हुन्थ्यो । बिग्रिएका कुराहरु उहाँलाई सचेत गराउन पाए हुन्थ्यो । यी सामान्य कुराहरु हुन् नि । तर संघर्षमा हामफाल्नुपर्ने त हाम्रो बाध्यताको कुरा हो ।

*****

तिहारमा पनि दिदीसँग भेटघाट गरेँ । मेरो सानो भाञ्जी पनि छिन्, उनीसँग खेलेँ । हामीसँग केही सामाजिक परिधिहरु छन्, नेपाल मौलिकतामा आधारित छ, इतिहाससँग जोडिएका छन् । मान्छेले आवश्यकतामा परिमार्जन त गर्ला तर त्यसलाई अहिले नै गर्नुपर्छ, त्यसलाई खारेज गर्नुपर्छ भन्ने हैन । चाडपर्वहरुलाई एउटा पारिवारिक वातावरणमा यसको मौलिकता नर्बिसने गरी मनाउछौँ ।

तपाईंको बुवासँग भेट नभएको कति भयो ?

झन्डै २ वर्षजति भयो । नेपालमै भेट भएको थियो ।

के कुराकानी भएको थियो ?

राम्रो सँग पढ्नु, साथीहरुसँग छलफल गर्नु, अनावश्यक बाहिर केही पनि नगर्नु, पढाइमा ध्यान दिनु, विकृतिका विरुद्धमा स्वतन्त्र हिसावले भए पनि संघर्ष गर्नु भन्ने कुराहरु भन्नुभयो ।

त्यसपछि फोनमा कुरा भएको छ कि छैन ?

छैन । म कुनै पनि ‘गोप्य’ नम्बर चलाउँदिन । म सिमहरु पनि परिवर्तन गर्दिनँ । उहाँले पनि सम्पर्क गर्नुभएको छैन र मैले पनि गरेको छैन ।

तपाईंलाई कहिलेकाहीँ बुवासँग सल्लाह सुझाव पनि लिन मन लाग्छ होला नि ?

म अहिले मेरो टिमसँग मात्र सल्लाह, सुझाव लिन्छु । जसले यो मेडिकल शिक्षाको विषयलाई लिएर नेतृत्व गरिराख्नुभएको छ, उहाँहरुसँग यही विषयमा धेरै छलफल हुन्छ ।

कहिलेकाहीँ बुवालाई भेट्न पाए हुन्थ्यो भन्ने लाग्दैन ?

किन नलाग्नु ! लाग्छ नि । मान्छेको भावनाको कुरा हो नि यो त । भेट्न पाए हुन्थ्यो, सँगै बस्न पाए हुन्थ्यो । कुरा गर्न पाए हुन्थ्यो । मैले अहिलेसम्म पढेका कुराहरु भन्न पाए हुन्थ्यो । आन्दोलनका कुराहरु भन्न पाए हुन्थ्यो । हामीलाई यहाँ नपुगेको कुरा उहाँलाई सुनाउन हुन्थ्यो । बिग्रिएका कुराहरु उहाँलाई सचेत गराउन पाए हुन्थ्यो । यी सामान्य कुराहरु हुन् नि । तर संघर्षमा हामफाल्नुपर्ने त हाम्रो बाध्यताको कुरा हो ।

*****

सिडियो कार्यालय, एसपी कार्यालयहरुसँग पनि निरन्तर छलफल गरिरहेको हुन्छु । त्यस्तो केही पनि छैन । एक किसिमले म उहाँहरुकै संरक्षणमा छु भनौँ । उहाँहरुले नै मेरो विषयमा चिन्ता व्यक्त गरिराख्नुभएको हुन्छ । के छ, कसो छ, कता हो, धेरै यता–उता नगर्नुहोला, अप्ठेरो हुन्छ तपाईंलाई भन्ने कुरा गरिराख्नुभएको हुन्छ ।

*****

तपाईंको पढाइ सकिएको हो ?

छैन । म इन्र्टनशीप गर्दैछु । मंसिरमा मेरो परीक्षा छ ।

पढाइ सकेपछि के गर्ने योजना छ ? बुवाले जस्तै राजनीतिमा लाग्ने कि चिकित्सक भएर नितान्त पेशागत काम मात्र गर्ने ?

अहिले नै ठ्याक्कै सोचिसकेको छैन । पछि छलफल गरेर निर्णय गरिएला । संघर्षहरुमा भाग लिने नै मुख्य कुरा हो । त्यस्तै आफ्नो पेशाको कुरा पनि छ । त्यसलाई मिलाएर लैजानुपर्छ ।

अहिले तपाईंले मेडिकल शिक्षामा देखिएको विकृतिलाई लिएर विद्यार्थीहरुको नेतृत्व गरिराख्नुभएको छ । सरकारी पक्षले तपाईंलाई कसरी हेरिरहेको छ ?

सरकारी पक्षको हेर्ने दृष्टिकोण त्यस्तो नकारात्मक छ जस्तो मलाई लाग्दैन । मप्रति त्यस्तो नेगेटिभ छन् जस्तो मलाई लाग्दैन । गृह प्रशासनसँग पनि मैले सकेसम्म छलफलका लागि प्रयासहरु गरिरहेको छु तर छलफल हुन पाएको छैन । सिडियो कार्यालय, एसपी कार्यालयहरुसँग पनि निरन्तर छलफल गरिरहेको हुन्छु । त्यस्तो केही पनि छैन । एक किसिमले म उहाँहरुकै संरक्षणमा छु भनौँ । उहाँहरुले नै मेरो विषयमा चिन्ता व्यक्त गरिराख्नुभएको हुन्छ । के छ, कसो छ, कता हो, धेरै यता–उता नगर्नुहोला, अप्ठेरो हुन्छ तपाईंलाई भन्ने कुरा गरिराख्नुभएको हुन्छ । त्यस्तो केही छैन ।

यो आन्दोलनलाई निरन्तरता दिइराख्नुहुन्छ ?

त्यसमा त कुनै प्रश्न नै छैन । यो त निरन्तर नै हुन्छ । जबसम्म विद्यार्थीहरुले न्याय पाउँदैनन् । राज्यले तोकेको वा निर्णय गरेका कुराहरु जबसम्म लागू हुँदैन, तबसम्म यो संघर्ष अगाडि बढिरहन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...