तीन महिना प्रतिबन्धको कारवाहीपछि राष्ट्रिय टोलीमा फर्किए मेस्सी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । कोपा अमेरिका कपका क्रममा आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ विरुद्ध बोलेका मेस्सीलाई तीन महिना प्रतिबन्धको कारवाही गरिएको थियो । गत साउन महिनादेखि प्रतिबन्धमा रहेका मेस्सीको प्रतिबन्ध फुकुवा भएसँगै उनी पुनः राष्ट्रिय टोलीका फर्किएका हुन् ।
मेस्सीले कोपामा चरम भ्रष्टाचार भएको र रेफ्रीले समेत गलत निर्णय गरेको अभिब्यक्ति दिएका थिए । अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा ब्राजिलसँग २–० गोलले पराजित भएको थियो । मेस्सीले उक्त खेलमा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप पनि लगाएका थिए । कोपामा अर्जेन्टिना चिलीलाई २–१ गोलले हराउँदै तेस्रो भएको थियो । मेस्सीले तेस्रो स्थानको पुरस्कार लिन समेत मानेका थिएनन् ।
अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिल र १८ मा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यही खेललाई लक्षित गरी प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई समावेश गर्दै २६ सदस्यीय अर्जेन्टिीनी टोलीको घोषणा गरेका छन् । तीन महिना प्रतिबन्धमा रहेका मेस्सीले यसबीचमा चिली, मेक्सिको, इक्वेडर र जर्मनीसँगको मैत्रीपूर्ण खेल गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए