बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

बिहीबार, १४ कात्तिक २०७६, १७ : ००
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ । 

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिए । 

स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई बुधबार ग्राण्डी अस्पताल लगिएको थियो ।  प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको थियो । 

यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा अध्यक्ष प्रचण्डसहित नेताहरु अस्पताल पुगेका थिए । 

चक्रराज पाण्डे

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस  सफल भएको छ । बुधबार पनि प्रधानमन्त्री ओलीले  ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराएका थिए ।

यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो थेरासिस भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुँदै आएको थियो । बीचमा एक पटक ओली वीरेन्द्र सैनिक अस्पतालमा पनि स्वास्थ्य परीक्षणका लागि पुगेका थिए । 

प्रधानमन्त्री ओलीको यसअघि सिंगापुरमा प्लाज्मा फेरोसिस गरिएको थियो । उनको सिंगापुरमा ६ पटक प्लाज्मा फेरोसिस गरिएको थियो ।

सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरेर उनी गत भदौ २० गते काठमाडौं फर्किएका थिए । सिंगापुरमा ओलीको उपचारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्जस्थित शिक्षण अस्पतालमा झिकिएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप