बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा चार वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

बिहीबार, १४ कात्तिक २०७६, १६ : ३२
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । बुधबार बारामा ५० वर्षीय एक व्यक्तिले चार वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेका छन् । 

बाराको आदर्श कोतवाल गाँउपालिका–४ का शेख इसराईलले स्थानीय नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

शेख इसराईल काठको घर बनाउने मिस्त्री हुन् । बालिकाको परिवार बाहिर  गएको मौका छोपेर इसराईलले नाबालिकालाई करणीको प्रयास गरेका हुन् । 

करणीको प्रयास गर्दा नाबिलका रोएपछि आरोपी इसराईल फरार भएका छन् । घटनाका फरार आरोपी इसराईलको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । 

कोतवाल गाउँपालिकाका प्रमुख मुस्ताफ अन्सारी मुस्लिम समुदायका हुन् । फरार आरोपी इसराईल र गाउँपालिका प्रमुख आफन्त समेत रहेको खुल्न आएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप