शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी दिन ४ बजे पत्रकार सम्मेलन

बिहीबार, १४ कात्तिक २०७६, १६ : ०१
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे ग्राण्डी अस्पतालले अहिले केहीबेरमा पत्रकार सम्मेलन जानकारी गराउने भएको छ । 

अस्पताल परिसरमा पुगेका सञ्चारकर्मीहरुलाई अस्पतालले चार बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जानकारी दिएको अस्पताल परिसरमा रहेका रातोपाटीकर्मी सुवास श्रेष्ठले बताए । 

बुधबार बिहान नियमित स्वास्थ्य परीक्षण गर्न काठमाडौको ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको बुधबारबाटै स्वास्थ्य परीक्षण थालिएको थियो । तर, प्रधानमन्त्रीलाई के भएको हो र कस्तो उपचार भइरहेको छ भन्ने स्पस्ट पारिएको छैन । जसले गर्दा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अन्यौल उत्पन्न भएको छ ।  

बुधबार बेलुका अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य रहेको भन्दै आज बिहीबार सम्ममा डिस्चार्ज गर्ने जनाएको थियो । 

प्रधानमन्त्री ओलीको सचिवालयले समेत यसबारे यथार्थ खुलाएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप