डेङ्गुले १५ दिनमा परिवार नै सखाप, तीन दिनको नवजात शिशुमात्र जीवित

नयाँ दिल्ली । भारतमा डेङ्गु रोगका कारण १५ दिनको अवधिमा एउटा परिवार लगभग सखाप भएको छ । उक्त परिवारमा तीन दिनको नवजात शिशुमात्र जीवित बाँकी रहेको बताइएको छ । नवजात शिशुकी आमाको समेत डेङ्गुकै कारण निधन भइसकेको छ ।
भारतीय न्यूज च्यानल ‘आजतक’का अनुसार तेलङ्गाना मंचेयिरयल जिल्लामा उक्त घटना भएको हो ।
उक्त परिवारमा सबैभन्दा पहिला ३० वर्षीय जी राजगट्टुलाई डेङ्गुको संक्रमण भएको थियो । पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा १६ अक्टोबरमा उनको निधन भएको थियो ।
त्यसपछि उनका ७० वर्षीय हजुरबुवा लिंगायलाई डेङ्गु संक्रमण भएको थियो । २० अक्टोबरमा उनको पनि निधन भयो ।
परिवारमा लगातार दुई जनाको निधनबाट शोकाकुल भएका सदस्यहरु शोकबाट उक्सिन नपाउँदै राजगट्टुकै ६ वर्षीया छोरी श्रीवर्षिनीलाई पनि डेङ्गु संक्रमण भयो । उपचारकै क्रममा २७ अक्टोबरमा उनको पनि निधन भयो ।
यसै क्रममा राजगट्टुकी गर्भवती पत्नी पनि डेङ्गुबाट जोगिन सकिनन् । डेङ्गु संक्रमणबाट पीडित उनको हैदरावादस्थित एक नीजि अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनले ३० अक्टोबर (बुधबार) उनको निधन भयो । निधनको एक दिनअघि मंगलबार उनले एक शिशुलाई जन्म दिएकी थिइन् । उक्त परिवारमा तीन दिने एक नवजात शिशुमात्र बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक
-
रौतहटको दुई स्थानमा आगलागी, झन्डै २ करोडको क्षति
-
भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु, तस्बिरहरू