बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड ग्राण्डी अस्पतालमा

बिहीबार, १४ कात्तिक २०७६, १५ : ०९
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार ग्राण्डी अस्पताल पुगेका छन् । 

अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ र नेता भीम रावल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।

मृर्गौंलाको डाईलायसिस गराइरहेका प्रधानमन्त्री ओलीलाई भेटन नेताहरु बिहीबार दिउँसो छुटा्छुट्टै अस्पताल पुगेर पुगेका थिए । तर उनीहरुले भेट्न भने सकेनन् । 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था चिकित्सकबाट बुझेपछि नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले चिकित्सकहरुलाई उल्लेख गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एकदमै ठिक रहेको प्रतिक्रिया दिए । 

‘चिकित्सकहरुले भने अनुसार उहाँको स्वास्थ्यस्थिति एकदमै ठिक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मलाई चिकित्सकहरुले नै जानकारी दिने हो, त्यस्तो कुनै समस्या देखा परेको छैन ।’ प्रधानमन्त्रीको दोस्रो पटक बिहीबार पनि मृर्गौलाको डाईलायसिस भईरहेकाले प्रवक्ता श्रेष्ठले भेट्न नसकेको प्रतिकृया दिए । 

त्यसैगरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सो अस्पताल पुग्नु भएका नेकपाका नेता भीम रावलले मृर्गौलाको डाईलायसिस भइरहेकाले प्रधानमन्त्रीसँग भेट गर्ने अवस्था नरहेको बताए । उनले चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री ओली छिट्टै अस्पतालबाट डिष्चार्ज हुने बुझिएको पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप