‘पोई पर्यो काले’को दर्शक कति ?
काठमाडौँ – दिपावलीको अवसर पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्यो काले’ले दर्शकको माया पाउन सफल भएको छ ।
फिल्मले रिलिजका दिन देखि बुधबारसम्म हलमा राम्रो दर्शक पाएको निर्माता किरण नेपालीले जानकारी दिए ।
शुक्रबार रिलिज भएको फिल्मको प्रतिक्रिया बुझ्न शनिबार, आइतबार र सोमबार अभिनेत्री पुजा शर्मा काठमाडौका केही चलचित्र भवनमा पुगेकी थिइन् । शर्मा चलचित्रभवनमा पुग्दा उनीसँग सेल्फी खिच्नेको भिड लागेको थियो ।
चलचित्र भवन भ्रमणका समय फिल्मको बारेमा आफुले राम्रो प्रचिक्रिया पाएको अभिनेत्री शर्माले बताइन् ।
शिशिर राणाको निर्देशन रहेको फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको थियो ।
मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्न नहुने भन्ने सन्देश बोकेको फिल्ममा पुजाको अलवा सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर लगायतको अभिनय रहेको छ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म किरण नेपालीको प्रस्तसतिमा दीपक मनाङ्गे र सरोज नेपालीले मिलेर बनाएका हुन् ।
अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन,अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको नृत्य समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष
-
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?
-
आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’
-
डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म