राप्रपा अध्यक्ष कमल थापा स्वदेश फिर्ता
बिहीबार, १४ कात्तिक २०७६, १४ : ३४

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापा सप्ताहब्यापी चीन भ्रमण सम्पन्न गरि आज स्वदेश फर्किएका छन् ।
गत कार्तिक ८ गते आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेपछि अस्वस्थ्यताका कारण बीचमै खेल छाडेका थिए ।
थापालाई आज त्रिभुवन विमानस्थलमा नेता कार्यकर्ताहरुले स्वागत गरेको र उनको अहिले स्वास्थ सामान्य रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै