चन्द्रागिरिबाट २ लाख नगदसहित ८ जुवाडे पक्राउ
![चन्द्रागिरिबाट २ लाख नगदसहित ८ जुवाडे पक्राउ](https://rpcdn.ratopati.com/media/albums/chandragiri_rjuwade_iuNkViigzk.jpg)
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बलम्बुले जुवा खालबाट ८ जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरिस्थित चन्द्रागिरि कटेजबाट नगदसहित ८ जुवाडे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्मीमा ४३ वर्षीय मुकेश थापा, गुल्मीकै ६० वर्षीय केशर बहादुर खत्री, नुवाकोटका ३७ वर्षीय नारायण अधिकारी, सिन्धुपाल्चोकका ३६ वर्षीय संजय लामा, सिन्धुपाल्चोककै २६ वर्षीय नेत्र बहादुर लामा, काठमाडौँ चन्द्रागिरिका ३९ वर्षीय सिकिन्द्र श्रेष्ठ, गुल्मीका ३५ वर्षीय रिख बहादुर केसी, धादिङ्गका २८ वर्षीय सुवास आचार्य रहेका छन् ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले ८ जुवाडेलाई नगदसहित पक्राउ गरिएको पुष्टि गरे ।
थापाकाअनुसार जुवा खालबाट प्रहरीले दुई लाख २० हजार ६ सय ५ रुपैयाँ बरामद गरेको छ । यस्तै १ थान कौडा र एक बुक तास समेत बरामद भएको छ ।
पक्राउ परेका जुवाडेमाथि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता