शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साझा पार्टीको भक्तपुर प्रदेशसभा उम्मेद्वार घोषणा

बिहीबार, १४ कात्तिक २०७६, १३ : ४६
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौं– साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीका जिल्ला संयोजकको रुपमा रहेका २८ वर्षीय प्रधानलाई बिहीबार प्रदेशसभा उम्मेद्वार घोषणा गरिएको हो । सो पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गरी प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरिएको जानकारी दिएका छन् । 

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री इँट्टा उत्पादनको व्यवसाय गर्छन् । त्यस्तै सो पार्टीले शनिबार दाङ निर्वाचन क्षेत्र नम्बर ३(ख) को प्रदेशसभा उम्मेद्वार घोषणा गर्ने विज्ञप्तिमा जनाइएको  छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप