बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियामा कुटपिटबाट एक युवकको मृत्यु

बिहीबार, १४ कात्तिक २०७६, १३ : १४
बिहीबार, १४ कात्तिक २०७६

बर्दिया– बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्र्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । 

भाईटीकाको राति युवाहरुको कुटपिटबाट चारजना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायसहित अहिलेसम्म आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न रहेको आशङ्कामा अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरीे तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई अटोमर्मत खर्च दिलाइएको थियो । त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा शुरु भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाहरुको समूहले कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप