मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा २ महिनामा ४ गैंडा मरे

बिहीबार, १४ कात्तिक २०७६, १३ : ०९
बिहीबार, १४ कात्तिक २०७६

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चारवटा गैंडा मरेका हुन । निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो । बुढो भएर हिँडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको उनले जानकारी दिए ।

यसअघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्वर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो । त्यस अघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो । ती सवै गैंडा कालगतीले मरेका हुन् ।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतीका कारण ४१ वटा गैंडा मरेका थिए । चोरी शिकारीवाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्षहरुमा कालगतीवाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप