शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

बिहीबार, १४ कात्तिक २०७६, १२ : ५५
बिहीबार, १४ कात्तिक २०७६

सुनसरी । पतिको कुटाइबाट सुनसरीको धरान–१५ स्थित खोरियाबस्ती बस्ने २३ वर्षीया जिना राईको मृत्यु भएको छ । 

बुधबार राति करिब ९ बजे जिना र उनका पति अर्जुनबीच झगडा भएको थियो । पतिसँग घरायसी विवाद बढेपछि जिना घरबाट निस्केर बाहिर जाँदै गरेको अवस्थामा उनलाई पतिले हिर्काएका थिए ।

प्रहरीका अनुसार ३१ वर्षीय अर्जुनले जिनालाई पछ्याउदै ढुंगाले टाउकोमा प्रहार गर्दा जिनाको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरी फरार राईलाई राति सबा ११ बजे नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप