मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा छठको तयारी, धमाधम बन्दै ‘छठघाट’ (फोटोफिचर)

बिहीबार, १४ कात्तिक २०७६, १२ : १४
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ ।

 गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । शुक्रबारसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए । 

गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष ६५६ भन्दा बढी बनाउन लागिएको उनले जानकारी दिए । त्यसमध्ये ३०० भन्दा बढी घाट व्रतालुले लिइसकेका छन् । पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुह्येश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् । यस्तै रानीपोखरीसहित बागमती, टेकुलगायतका घाटहरुमा पनि छठ पर्व मनाइन्छ । 

तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौँमा पनि भव्यरुपमा मनाउन थालिएको छ  । यस वर्ष कात्तिक १६ गते शनिबार छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । 

यही कात्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप