शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै भने, ‘म चाँडै काममा फर्कन्छु’

बिहीबार, १४ कात्तिक २०७६, ११ : ३२
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलवाजी भइरहेका बेला बिहीबार प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै आफू चाडै नियमित काममा फर्कने बताएका छन् ।

‘म चाडै काममा फर्कन्छु’, बिहीबार बिहान चिकित्सकहरुको टोलीसँगै भेट्न पुगेका प्रधानमन्त्रीका प्रेश सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था समान्य छ । बिहीबार बिहान चिकित्सकहरुको टोलीसँग मैले पनि गएर भेटे । राम्रोसँग कुरा गर्नुभयो । उहाँले आफु चाडै काममा फर्कने आत्मविश्वास देखाउनुभयो ।’

प्रधानमन्त्री ओलीलाई बुधबार अस्पताल भर्ना गरिएपछि उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री ओलीललाई भेट्न अस्पताल पुगेका थिए । मन्त्री पोखरेलबाहेक अरु कसैले पनि अस्पतालमा भेटघाट नगरेको सल्लाहकार अर्यालले जानकारी दिए । उनले बिहीबार दिउँसो प्रधानमन्त्रीको डिस्चार्ज हुने चिकित्सकहरुले आफूलाई जानकारी गराएको पनि बताए ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो । ग्राण्डी अस्पतालमा डा. सिहबाहेक डा. चक्रराज पाण्डे, दीलिप शर्मा र डा. प्रेम ज्ञवालीको टिम उपचारमा संलग्न रहेका छन् ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार दोस्रोपटक एन्टिबडी क्लिन गरेर केही घण्टाको आरामपछि डिस्चार्ज गर्ने तयारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप