बलात्कार प्रयास अभियोगमा प्रहरी हिरासतमा रहेका महराविरुद्ध अभियोगपत्र दर्ता हुँदै
बिहीबार, १४ कात्तिक २०७६, १० : ४५

काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास अभियोगमा २६ दिनदेखि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता गरिने भएको छ ।
सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध बलात्कार प्रयास सम्बन्धी अभियोग पत्र दर्ता गर्न लागेको हो ।
पत्रदर्ता पूर्व थुनामा राखी अनुसन्धान गर्न पाउने समय सीमा २५ दिन हो र सो समय सीमा बुधबार सकिएको छ ।
सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म