बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जिप दुर्घटना : श्रीमती र छोरीलाई घाइते अवस्थामा गाडीमै छाडेर चालक फरार

बिहीबार, १४ कात्तिक २०७६, १० : ३०
बिहीबार, १४ कात्तिक २०७६

बुटवल । बुधबार राति गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना भएको हो । आफ्नै श्रीमती, छोरी र सासु सवार गाडी सडकबाट तल खसेर दुर्घटना भएको अवस्थामा चालक ज्ञानबहादुर विक भने फरार भएका थिए । 

दुर्घटनाग्रस्त सवारी साधन सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्ञानबहादुरकै सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल छन् ।

चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काका अनुसार चालक ज्ञानबहादुरलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप