इन्जुरी समयमा रोनाल्डोको निर्णायक गोल
![इन्जुरी समयमा रोनाल्डोको निर्णायक गोल](https://rpcdn.ratopati.com/media/albums/Juvents-01_GRXn9iRec9.jpg)
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि युभेन्ट्स इटालियन सिरि ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्ट्सले जेनोआलाई २–१ गोलले हरायो । खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । ३६ औं मिनेटमा लियोनार्डो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । तर, युभेन्ट्सको अग्रता चार मिनेटमै टुटेको थियो । ४० औं मिनेटमा जेनोआका क्रिस्टियन कौअमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
जेनोआ दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटिएको थियो । ५१ औं मिनेटमा फ्रान्चेस्को कसाता दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । युभेन्ट्स पनि ८७ औं मिनेटमा १० खेलाडीमा समेटियो । एड्रिन राबिओट दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि इन्जुरी समयमा युभेन्ट्सले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई रोनाल्डोले सही सदुपयोग गर्दै टोलीको जित सुनिश्चित बनाए । जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले १० खेलबाट २६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २५ अंक छ । युभेन्ट्ससँग पराजित भएको जेनोआ आठ अंक सहित १७ औं स्थानमा छ ।
सिरि ‘ए’ अन्तर्गत बुधबार राति नै भएको अन्य खेलमा रोमाले युडिनेस तथा लाजियोले टोरिनोलाई समान ४–० गोलले हराएको छ । काग्लियरीले बोलोग्नालाई ३–२ र फियोरेन्टिनाले सासौलोलाई २–१ गोलले पराजित गरेको छ । नापोली र एट्लान्टाले २–२ तथा साम्पडोरिया र लिसेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
-
प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण उपस्थित हुनसक्नु भएन : महेश बर्तौला
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप