इन्जुरी समयमा रोनाल्डोको निर्णायक गोल

person explore access_timeकात्तिक १४, २०७६ chat_bubble_outline0

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि युभेन्ट्स इटालियन सिरि ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।


घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्ट्सले जेनोआलाई २–१ गोलले हरायो । खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । ३६ औं मिनेटमा लियोनार्डो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । तर, युभेन्ट्सको अग्रता चार मिनेटमै टुटेको थियो । ४० औं मिनेटमा जेनोआका क्रिस्टियन कौअमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।



जेनोआ दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटिएको थियो । ५१ औं मिनेटमा फ्रान्चेस्को कसाता दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । युभेन्ट्स पनि ८७ औं मिनेटमा १० खेलाडीमा समेटियो । एड्रिन राबिओट दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि इन्जुरी समयमा युभेन्ट्सले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई  रोनाल्डोले सही सदुपयोग गर्दै टोलीको जित सुनिश्चित बनाए । जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले १० खेलबाट २६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २५ अंक छ । युभेन्ट्ससँग पराजित भएको जेनोआ आठ अंक सहित १७ औं स्थानमा छ ।



सिरि ‘ए’ अन्तर्गत बुधबार राति नै भएको अन्य खेलमा रोमाले युडिनेस तथा लाजियोले टोरिनोलाई समान ४–० गोलले हराएको छ । काग्लियरीले बोलोग्नालाई ३–२ र फियोरेन्टिनाले सासौलोलाई २–१ गोलले पराजित गरेको छ । नापोली र एट्लान्टाले २–२ तथा साम्पडोरिया र लिसेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।