बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

महरालाई आज अदालतमा उपस्थित गराइँदै

बिहीबार, १४ कात्तिक २०७६, ०९ : ४२
बिहीबार, १४ कात्तिक २०७६

पूर्व सभामुख कृष्णबहादुर महरालाई बिहिबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ ।

 सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको म्याद बुधबार सकिएकोले बिहिबार अदालत उपस्थित गराउन लागिएको हो ।

महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप