लिभरपुल क्वार्टरफाइनलमा प्रवेश

इङ्लिस प्रिमियर लिग टोली लिभरपुल काराबाओ (इएफएल) कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनललाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै लिभरपुल क्वार्टरफाइनलमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले ५–५ गोलको बराबरी खेलेका थिए । त्यसपछि टाइब्रेकरमा गएको खेलमा आर्सनलका डानियल सेबालोस चुक्दा लिभरपुल भाग्यमानी बन्यो । लिभरपुलले छैटौं मिनेटमा आर्सनलका सकोड्र«ान मुस्ताफीको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो । ११औं मिनेटमा आर्सनलका लुकास ट्रोएरिराले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
२६ औं र ३५ औं मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले लगातार दुई गोल गर्दै आर्सनलको अग्रता बलियो बनाए । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–२ को स्थितिमा ल्याए । ५४ औं मिनेटमा आर्सनलका र ऐन्सले मैट्ल्यान्ड निल्सले गोल गर्दा आर्सनलाई ४–२ गोलले अघि बढाए । ५८ औं मिनेटमा लिभरपुलका एलेक्स चेम्वरलिन र ६२ औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
७० औं मिनेटमा आर्सनलका जोसेफ विलकले गोल गर्दै टोलीलाई फेरी अग्रता दिलाए । इन्जुरी समयमा लिभरपुलका ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि टाइब्रेकरमा पुगेको खेलमा लिभरपुलले बाजी मार्यो । टाइब्रेकरमा लिभरपुलका जेम्स मिल्नर, एडम लालना, रिहान ब्रेस्टर, डिभोक ओरिगी र कुर्टिस जोन्सले गोल गरे । आर्सनलका हेक्टर बर्लिन, माटियो गुएन्डोजी, गाब्रियल मार्टिनेली र ऐन्सले मैट्ल्यान्ड निल्सले मात्र गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने
-
राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा