यही महिनाको अन्त्यमा बंगलादेशका राष्ट्रपति नेपाल आउने
बिहीबार, १४ कात्तिक २०७६, ०७ : २०
बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् ।
उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् ।
उनको भ्रमण कनेक्टिभिटी र उर्जा सहकार्यमा केन्द्रीत हुनेछ । बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा दुईपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताए ।
भेटमा सार्कलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ ।
यो समाचार आजको अन्नपूर्ण पोष्ट् प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ