पहिले निवासमा बोलाएर रमाइलो गर्ने राजदूतहरु अहिले ट्वीटमार्फत् शुभकामना दिँदै
बिहीबार, १४ कात्तिक २०७६, ०७ : ०६
अमेरिकी राजदूत र्याण्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि तिहारको शुभकामना दिइन् ।
बेलायती राजदूत रिचार्ड मोरिसले समेत अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामा शुभकामना दिए ।
नेपालमा रहेका राजदूतहरुले चाडपर्वलाई नजिकबाट नियाल्दै सांस्कृतिक–कूटनीतिका रुपमा ढाल्ने प्रयास गरिरहेका छन् ।
उनीहरुले हरेक चाडपर्वमा यसैगरी शुभकामना दिँदै आएका छन् । पहिले निवासमा बोलाएर रमाइलो गर्ने राजदूतहरु अहिले ट्वीटमार्फत शुभकामना दिन थालेका हुन् ।
अमेरिकी राजदूतावासभित्र अहिले राजदूतमात्र होइन दूतावासका अन्य अधिकारीले पनि भाइटीका लगाएको तस्बिर राखेर यसको महत्वलाई झल्काएका छन् ।
यो समाचार आज अन्नपूर्ण पोष्ट्मा चन्द्रशेखर अधिकारीले लेखका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा