शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्की-२ उपनिर्वाचन : नेकपा गण्डकी प्रदेशले पठायो रवीन्द्र पत्नीसहित ३ जनाको नाम

बुधबार, १३ कात्तिक २०७६, २० : ५१
बुधबार, १३ कात्तिक २०७६

पोखरा । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

यसअघि नेकपा जिल्ला कमिटीले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेकोमा प्रदेशले थप दुई जनाको नाम सिफारिस गरेको हो । प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । यस्तै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि नेतृ रजनी केसीको नाम सिफारिस गरिसकेको छ । यस्तै नेपाली काँग्रेसमा भने उम्मेदवार चयनको प्रक्रिया चलिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप