काँग्रेस र नेकपाको २५ वर्षे राज चाँडै अन्त्य हुन्छ : राजकिशोर यादव

सिरहा – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले नेपाली काँग्रेस र नेकपाको २५ वर्षे राज अब चाँडै अन्त्य हुने दाबी गरेका छन् ।
सिरहाको कर्जन्हा नपा २ बन्दिपुरमा बुधबार आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा काँग्रेस र नेकपाले २५ वर्षदेखि जनतालई झुठो आश्वासन मात्र बाँढेको आरोप लगाए ।
अब काँगेस र नेकपाको वास्तविक रुप उदाङ्गो भएको उनले बताए । उनले भने, ‘दुबै दलले जनतालाई मिठो सपनामात्र देखाए । चुनाव जितेपछि ती बाचा सबैै भुदा जनताको जीवनका खासै परिवर्तन आउन सकेन् । त्यसैले उनीहरुको विकल्प राजपा नेपाल हो ।’
नेता यादवले पुरानो मानसिकताबाट ग्रसित दलले आफूहरुलाई मधेसादवीको संज्ञा दिएकोप्रति असन्तुष्टि व्यक्त गरे । राजपाले हिमालदेखि तराईसम्म र मेचिदेखि महाकाली सम्मका सम्पूर्ण जनतालाई गोलबन्ध गर्दै परिवर्तको दिशामा अगाडि बढ्ने दाबी गरे ।
उनलेभने, ‘हामीलाई खुम्च्याउने प्रयाससहित केही दलहरु क्षेत्रीय पार्टी भनिरहेका छन्, अब त्यो स्थिति रहेन । हामी मेचिदेखि महाकालीसम्म फैलिसकेका छौं ।’ उक्त कार्यक्रममा दर्जन बढी मानिस विभिन्न पार्टी परित्या गरी राजपा प्रवेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ