शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९ घन्टामा पनि सकिएन प्रधानमन्त्री ओलीको स्वास्थ परीक्षण

बुधबार, १३ कात्तिक २०७६, १९ : ३१
बुधबार, १३ कात्तिक २०७६

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बुधबार नियमित स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओली राजधानीको ग्रान्डी अस्पतालमा भर्ना भएका थिए ।

ग्रान्डी अस्पतालले बुधबार साँझ एक विज्ञप्ति जारी गरी उनको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिएको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण पुरा भएपछि आज राती वा भोलीसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने जनाएको छ । प्रधानमन्त्री ओलीलाई नियमित जाँचका क्रममा बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको हो।

यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो थेरासिस भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुँदै आएको थियो । बीचमा एक पटक ओली वीरेन्द्र सैनिक अस्पतालमा पनि स्वास्थ्य परीक्षणका लागि पुगेका थिए । 

प्रधानमन्त्री ओलीको यसअघि सिंगापुरमा प्लाज्मा फेरोसिस गरिएको थियो । उनको सिंगापुरमा ६ पटक प्लाज्मा फेरोसिस गरिएको थियो । सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरेर उनी गत भदौ २० गते काठमाडौं फर्किएका थिए । सिंगापुरमा ओलीको उपचारका क्रममा मुटुमा राखिएको पाइप महाराजगञ्जस्थित शिक्षण अस्पतालमा झिकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप