बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको कुमारीपाटीमा कामना सेवाकोे १००औं शाखा

बुधबार, १३ कात्तिक २०७६, १४ : ३४
बुधबार, १३ कात्तिक २०७६

ललितपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ललितपुर महानगरपालिका वडा नं. २० स्थित कुमारीपाटीमा आफ्नो १०० औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका अध्यक्ष सुदिप आर्चाय तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । बैंकले १००औं शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरेको थियो ।

उद्घाटन कार्यक्रममा डेपुटी गभर्नर शिव राज श्रेष्ठले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक अझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । बैकिङ्ग क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुँदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव समेत दिए । 

यसै अबसरमा बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलता पछि समय सापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप