शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा आकाशे पुल नै चोरी

बुधबार, १३ कात्तिक २०७६, १४ : ३०
बुधबार, १३ कात्तिक २०७६

नयाँदिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा आकाशे पुल नै चोरी भएको छ । सन् २०१० मा बनाइएको एउटा आकाशे पुलका विभिन्न सामान चोरी भएको हो । सामान चोरी भएकै कारण दुई वर्षयता उक्त पुल प्रयोगविहीन अवस्थामा छ ।

जवाहरलाल नेहरु रंगशाला अगाडि बनाइएको उक्त पुल निर्माण सम्पन्न भएको केही महिनापछि नै चोरी हुन थालेको हो । पुल सञ्चालन हुँदा सातामा १० हजारभन्दा बढी पैदलयात्रुले उक्त पुल प्रयोग गर्दथे । पुलमा प्रयोग भएका रेलिङ, इँटा, फलामका विभिन्न सामान चोरी भएको बताइएको छ । विभिन्न सामान चोरिएको अवस्थामा जीर्ण बनेको उक्त पुल के गर्ने भन्नेबारे सम्बन्धित निकायले अझै निर्णय लिइसकेको छैन ।

प्रहरीले पुल चोरीमा संलग्नमाथि कारवाही प्रक्रियासमेत सुरु गर्न सकेको छैन । दिल्ली प्रहरीले पुल चोरी भएको उजुरी नै नआएको भन्दै उजुरीविना अनुसन्धान तथा कारवाही प्रक्रिया सुरु गर्न नसकिएको बताएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप