फ्रान्सेली राष्ट्रपति म्याक्रोन चीन जाने
बुधबार, १३ कात्तिक २०७६, १३ : ५४
एजेन्सी– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन चीनको भ्रमणमा जाने भएका छन् । उनी चीनका राष्ट्रपति सि चिनफिङको निमन्त्रणामा अगामी नोभेम्बर ४ देखि ६ सम्म चीनको भ्रमणमा जान लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्ले बुधबार बताएका छन् ।
चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको दोस्रो चीन अन्तर्राष्ट्रिय आयात मेलाको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि रहेको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
त्यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि फ्रान्सका राष्ट्रपति म्यार्कोनबीच भेटवार्ता पनि हुने बताइएको छ । सो भेटका क्रममा दुई देश बीचको आपसी सम्बन्ध बढाउनेलगायत क्षेत्रीय र अन्तराष्ट्रिय मुद्धाहरुको विषयमा समेत छलफल हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
-
सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय
-
‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’
-
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
-
भूकम्पका कारण ११ जना बेहोस, दुई घाइते