शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगञ्जबाट समातिएका ६ भीआईपी जुवाडेलाई सर्वोच्च लगियो

बुधबार, १३ कात्तिक २०७६, १२ : ३९
बुधबार, १३ कात्तिक २०७६

काठमाडौँ । महाराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २५ मध्ये ६ भीआईपी जुवाडेलाई सर्वोच्च अदालत लगिएको छ ।

उनीहरुले गैरकानुनी थुनामा राखिएको दावी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न अदालत लगिएको हो ।

अदालतले उनीहरुलाई बुधबार ११ बजे उपस्थित गराउन भनेपछि अदालत लगिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख उमेश लम्सालले जानकारी दिए । 

भाइटीका अघि नै छुट्ने तयारीमा सर्वोच्च पुगेका उनीहरुको मुद्दा गत सोमबार समय अभाव भन्दै हेर्दाहेर्दैमा राखिएको थियो ।

तिहारभर थुनामा बस्नुपर्ने भएपछि क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च गुहारेका हुन् । 

गत शनिबार पक्राउ परेका उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, र ३ लाख रुपैयाँको चेक बरामद भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप