लोपोन्मुख प्रजातिको १५ किलोको अजिङ्गर भेटियो
बुधबार, १३ कात्तिक २०७६, १२ : २५
![लोपोन्मुख प्रजातिको १५ किलोको अजिङ्गर भेटियो](https://rpcdn.ratopati.com/media/albums/ajingar_DRRODsQ77z.jpg)
सप्तरी । जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए ।
प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
-
पाँच शीर्षकमा विनियोजित खर्च कटौती गर्न अर्थ मन्त्रालयको परिपत्र
-
श्रीलंकासँग ४९ रनले हार्यो अस्ट्रेलिया
-
‘संघीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र टुंग्याउनुपर्छ’
-
अन्ततः कर्णाली सरकारले संशोधन गर्ने भयो ‘स्थानीय सेवा ऐन’
-
गायक रामकृष्ण ढकालले ‘मालती मङ्गले’ चलचित्र बनाउने