जीवनका लागि संघर्ष गदैछन् पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ, स्वास्थ्य अवस्था ‘चिन्ताजनक’

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका डाक्टरले उनको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’ रहेको बताउँदै उनी जीवनका लागि संघर्षरत रहेको जानकारी दिएपछि पाकिस्तानको एक अदालतले सरिफको सजायलाई अस्थायी रुपमा निलम्बन गरेको छ ।
६९ वर्षीय शरिफको लाहोरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचारको आरोपमा उनलाई गत वर्ष जेल चलान गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अदालतले उनलाई अनिश्चितकालिन जमानत दिएको थियो ।
मङ्गलबार इस्लामाबादको अदालतले उनको सात वर्षको जेल सजायमा ८ हप्ताको सजाय निलम्बन गर्ने निर्णय गरेको थियो ।
सोह दिन सरिफका डाक्टर डा. अदनान खानले ट्वीटरमा लेख्दै तीन पटक प्रधानमन्त्री बनिसकेका सरिफ ‘स्वास्थ्य तथा जीवनका लागि लडिरहेको’ जानकारी दिएका थिए ।
‘रगतमा प्लेटलेटको कमी भएको कारण उनको उपचार भइरहेको छ । के कारणले यो अवस्था आयो भन्ने अझै यकिन हुन सकेको छैन,’ खानले अलजजिरासँग कुरा गर्दै भनेका छन् ।
ट्युमरको कारण यस्तो भएको हुनसक्ने डा खानले आंशका व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्रीको उपचारका लागि खानसहित ६ सरकारी डाक्टरहरु खटिएका छन् ।
ब्लड प्लेटलेट यस्तो कोष हो जसले घाउ चोट लागेको अवस्था रगतलाई जम्न मद्दत गर्छ । यस्तो मात्रा कम हुँदा आन्तरिक वा वाह्य रक्तश्रावको खतरा बढ्छ ।
पाकिस्तानको प्रमुख प्रतिपक्षी दल पीएमएल–एनका प्रमुखसमेत रहेका शरिफको किड्नीमा पनि समस्या देखिएको छ भने रगतमा सुगरको मात्रा पनि कम रहेको डाक्टहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ