शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदी–शाहलगायत कोहलीसहित कयौँ हस्तीमाथि आतङ्कवादी हमलाको खतरा

बुधबार, १३ कात्तिक २०७६, १२ : ००
बुधबार, १३ कात्तिक २०७६

एजेन्सी । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमाथि आतंकवादी हमलाको अशंका रहेको बताइएको छ ।

समाचार एजेन्सीका अनुसार, राष्ट्रिय जाँच एजेन्सी (एनआईए) लाई एक गुमान पत्र प्राप्त भएको छ, जसमा हमलाको धम्की दिइएको छ ।

पत्र प्राप्त भएसँगै दिल्ली प्रहरीले मङ्गलबार भारतीय क्रिकेट टोलीको सुरक्षा बढाउन निर्देशन दिएको छ ।

एनआईए उक्त पत्र बीसीसीआईलाई पनि पठाएको छ । भारत र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला नोभेम्बर तीनबाट शुरु हुँदैछ । पहिलो खेल दिल्लीको अरुण जेटली स्टेडियममा खेलाइनेछ ।

दिल्ली प्रहरी स्रोतका अनुसार एनआईएलाई प्राप्त पत्रको सूचीमा भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानी, कार्यकारी अध्यक्ष जेपी नड्डा तथा स्वयम्सेवक संघका प्रमुख मोहन भागवतको नाम पनि सामेल छ ।

चिठ्ठीमा केरलको कोझिकोडस्थित अल इन्डिया लश्कर नामको संगठनले लोकप्रिय हस्तीलाई निशाना बनाउन सक्ने बताइएको छ ।

यो पत्र झुठो पनि हुनसक्ने बताइएको छ । तैपनि खतराको आशंकालाई मध्यनजर गर्दै त्यसलाई नजरअन्दाज नगरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप