बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङमा बस दुर्घटना, १६ जना घाइते, चालक फरार

बुधबार, १३ कात्तिक २०७६, ११ : ०३
बुधबार, १३ कात्तिक २०७६

काठमाडौं– खोटाङमा भएको दुर्घटनामा १६ यात्रु घाइते भएका छन् ।  

दिक्तेलबाट विराटनगर जाँदै गरेको को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

दुर्घटनापछि चालक जेवी तामाङ फारार रहेको उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ । 

यस्तै घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप