बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२०७६ साल कात्तिक १३ गतेको राशिफल हेर्नुहोस्

बुधबार, १३ कात्तिक २०७६, ०७ : ५२
बुधबार, १३ कात्तिक २०७६

वि.सं.२०७६ साल कात्तिक १३ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि द्धितीया,०० घडी ११ पला,बिहान ०६ बजेर १८ मिनेट उप्रान्त तृतीया । नक्षत्र अनुराधा,४८ घडी ४८ पला,रातको ०१ बजेर ४५ मिनेट उप्रान्त ज्येष्ठा । योग सौभाग्य,२५ घडी ०६ पला,बेलुकी ०४ बजेर ०४ मिनेट उप्रान्त शोभन । करण कौलव,बिहान ०६ बजेर १८ मिनेट उप्रान्त तैतिल,बेलुकी ०५ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा सौम्य योग । चन्द्रराशि बृश्चिक । 

काठमाडौंमा सूर्योदय ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २७ घडी ४६ पला ।  

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नचाहादा नचाहादै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिएपनि आम्दानीन्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने  तथा विलासी जीवन व्यातित गरि रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानीगर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा मावलि पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा मन नजाने हुनालेअरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले बिषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुनालेसाथिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न सभा समारोहमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेकोछ । तापनि होटल तथा रेष्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरु स्वतस्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नया प्रकृतिको व्यावसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आँखमा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईँदेखि टाडिन सक्छन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानीगर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी  गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाइ लखाईमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी  फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी  गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाढि बढ्नुहोला । व्यावसायमा तत्काल लगानी  गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । धर्म सस्कृतिमा चासो बढ्नेछ भने धार्मिक स्थलहरुको यात्रा हुनेछ । पढाइ  लेखाइ मा समय अलि बढिनै समय दिनुहोला अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप