शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा बस्दै आएका भारत्तोलक रुप कार्कीलाई आयरल्याण्डमा स्वर्ण पदक

मङ्गलबार, १२ कात्तिक २०७६, ११ : ५६
मङ्गलबार, १२ कात्तिक २०७६

डिसी। अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले मास्टर टु ( Master 2 )२२० पाउण्ड तौल समूहमा आयरल्याण्ड सम्पन्न वर्ल्ड पावरलिफ्टिङ आईपीएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । 
उनले एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ आइपिएल प्रतियोगितामा मास्टर वान( Master 1)प्राप्त गरि सकेका थिए ।

गत अक्टोबर २४ देखि अक्टोबर २७ सम्म सम्पन्न भएको वर्ल्ड पावरलिफ्टिङ आईपिएल अन्तरराष्ट्रिय प्रतियोगितामा उनलाई स्वर्ण प्राप्त भएको हो । अक्टोबर २७ आइतबारका दिन आयरल्याण्डमा भएको प्रतियोगिता उनले प्रथम स्थान हासिल गर्दै नेपाल र नेपालीको नाम विश्व सामू चिनाउन सफल भएका छन् ।

उनी गत अक्टोबर २५ शुक्रबारका दिन अमेरिकाबाट आएरल्याण्ड उडेका थिए । गत अक्टोबर २४ देखि नै सरु भएको वर्ल्ड पावरलिफ्टिङ आईपिएल प्रतियोगितामा बिभिन्न राष्ट्रका बिभिन्न तौल समूहका खेलाडीहरु पुगेका थिए ।

गत अक्टोबर २४ का दिन आयरल्याण्ड उड्नु एक दिन अगाडि खेलाडी कार्कीको मनोवल उच्च राख्न, हिम्मत र हौशला दिन भर्जिनियाका नेपाली समुदायले कार्यक्रमको आयोजना गर्दै उनलाई बिदाई गरेका थिए ।

उनले आयरल्याण्ड जानु अघि नेपाल र नेपालीको नाम राख्न कडा मेहनत गर्ने र कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका थिए । गत जुलाई १३ ,२०१९ का दिन उनलाई युएसपिएलमा स्वर्ण पदक प्राप्त भएको थियो ।

युएसपिएलमा स्वर्ण पदक प्राप्त संगै आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ आईपिएल प्रतियोगितामा सहभागी हुन् ढोका खुलेको थियो । उनी उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे पछि पूर्वयोग्यता (प्रिक्वालिफाईड )भएका थिए । स्मरण रहोस् ,पूर्व योग्यता प्राप्त भए पछि मात्र आईपीएललको प्रतिश्पर्धामा प्रतियोगीको रुपमा जान पाइन्छ ।

कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुन् । अमेरिकामा नेपालीहरुको ईतिहासमा कार्की भारत्तोलनमा प्रवेश गरि अन्तरराष्ट्रिय सम्म पुग्ने पहिलो नेपाली मूलका भारत्तोलक हुन् ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । उनले थुप्रै पदक प्राप्त गरि सकेका छन् भने कार्की अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भारत्तोलक हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप