शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेरक सन्देशसहित रोनाल्डोले दिए अन्डर–१७ महिला टोलीलाई फुटबल बुट उपहार

मङ्गलबार, १२ कात्तिक २०७६, ११ : ३२
मङ्गलबार, १२ कात्तिक २०७६

क्रिस्टियानो रोनाल्डोले अन्डर १७ महिला फुटबल टोलीलाई नयाँ फुटबल बुट उपहारको साथै प्रेरणादायक सन्देश पठाएका छन् ।

एस्टोनियामा हुने युरो २०२० का लागि छनौट हुन प्रयास गरिरहेको युवा टोलीलाई रोनाल्डो उक्त उपहार र सन्देश पठाएका हुन् ।

युभेन्टसका स्टार खेलाडीले सबै खेलाडीहरुलाई नाइकी मर्कुरियल ड्रिम बुट उपहार पठाउनका साथै प्रेरित गर्न पत्र पनि पठाएका थिए ।

नोभेम्बरमा टोलीले तीनवाट महत्त्वपूर्ण छनौट खेल खेल्दैछ ।

पोर्चुगलको फुटबलको इन्सटाग्राम पेजमा अन्डर १७ टोलीले रोनाल्डोले पठाएको पत्र पढ्दै गरेको र नयाँ बुट पाएको रमाएको भिडियो राखिएको छ ।

रोनाल्डोले पत्रमा लेखेका छन्, ‘तपाईंहरुले आफ्नो सपना पूरा गर्नुहुन्छ भनेर मैले मर्कुरियल ड्रिम स्पीड बुट पठाएको छु ।’

‘जब म सानो थिएँ मेरो साधारण तर उन्मादी सपना देखेको थिएँ । त्यो तपाईंले सुत्दा देख्ने सपना थिएन । त्यो सपना तपाईंलाई रातमा जागै राख्ने खालको थियो ।’

‘म विश्वकै उत्कृट फुटबल खेलाडी बन्न चाहन्थे । त्यसैका लागि मैले जीवन समर्पित गरेँ । त्यो सपना साकार पार्न जिम होस् या प्रशिक्षण आवश्यक सबै चिज गरे । एउटा सपना हुन महत्त्वपूर्ण छ । तर, त्यसलाई साकार पार्न मिहिनेत गर्न त्योभन्दा बढी महत्त्वपूर्ण छ ।’

‘मैले मेरो सपना पूरा गरे र आशा छ तपाईंहरुको सपना पनि पुरा हुनेछ । कुनै संकोच बिना आफ्नो सपनालाई पछ्याउनुहोला । मैले गर्न सके पनि तपाईंहरु पनि सक्नुहुन्छ । छनौटका बधाई । अब अर्को जीतका लागि एकाग्र बन्नुहोला ।’

‘शुभकामना र नयाँ बुटमा रमाउनुहोस् ।

क्रिस्टियानो रोनाल्डो !’

पर्चुगलको अन्डर १७ महिला टोलीले युरो २०२० छनौटका लागि नोभेम्बर १३ र १९का बीचमा उक्रेन, जर्जिया र अल्बानियाबिरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप