मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प

मङ्गलबार, १२ कात्तिक २०७६, १० : ३०
मङ्गलबार, १२ कात्तिक २०७६

एजेन्सी । दक्षिणी फिलिपिन्समा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा १ जनाको मृत्यु भएको छ ।

एक हप्ता अघि मात्र सोही क्षेत्रमा भूकम्पमा जाँदा ७ जनाको मृत्यु भएको थियो ।

भूकम्पको केन्द्रविन्दु कोटाबाटो प्रान्तको तुलुनान शहरभन्दा उत्तरपूर्व रहेको बताइएको छ । फिलिपिन्स इन्सिटिच्युट अफ भोल्कालोलोजी एण्ड सिल्मोलोजीका अनुसार केन्द्रविन्दु मनिलाबाट ९७२ किलोमिटर दक्षिणतर्फ रहेको थियो ।

भूकम्पपछि सुनामीको खतरा भने नरहेको भूगर्वविद्हरुले बताएका छन् ।

भूकम्पमा परी डाभाओ डेल सुर प्रान्तका १५ वर्षीय विद्यार्थीले ज्यान गुमाएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

गत अक्टोबर १६ मा सोही क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ७ जनाले ज्यान गुमाएका थिए भने २१५ जना घाइते भएका थिए ।

फिलिपिन्स प्यासिफिङ रिङ्ग अफ फायरमा पर्दछ । उक्त क्षेत्रमा विश्वमा जाने भूकम्पको ९० प्रतिशत भूकम्प जाने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप