केन्द्रीय संस्करण
प्रेरक

एक संघर्षशील युवा : जो दसैँ-तिहार अरुको सेवा गरेर मनाउँछन्

४ वर्षदेखि घरमा दसैँ-तिहार मनाउन नपाएका केपी भन्छन्ः ‘सयौँ आमाबुबाको आशीर्वाद र न्यानो मायाले अहिलेसम्म न्यास्रोपनको महसुस भएको छैन’

person explore access_timeकात्तिक १२, २०७६ chat_bubble_outline0

काठमाडौँ – दसैँ तिहार जोसुकैको मन चङ्गा हुने चाड हो । अझ बालबालिका र भर्खरका युवाहरू त दसैँतिहारमा मख्खै परेर रमाउँछन् । तर १९ वर्षीय केपी खनालको हकमा भने दसैँ–तिहारको रौनकमा रमाउने कुरा फरक रूपमा प्रकट हुन्छ ।

चाडपर्व केही नभनी कहिले अक्करे भीर छिचोल्दै दुर्गमका पहिरोपीडितका लागि राहत पुर्याउँछन् त कहिले झाडु बोकेर ‘क्लिन काष्ठमण्डप’ अभियानमा जुट्छन् । केपीको गएका दसैँतिहार अरूको दुःखीको मनमा खुसी भर्नमै बित्यो ।

चाडपर्व केही नभनी कहिले अक्करे भीर छिचोल्दै दुर्गमका पहिरोपीडितका लागि राहत पुर्याउँछन् त कहिले झाडु बोकेर ‘क्लिन काष्ठमण्डप’ अभियानमा जुट्छन् । केपीको गएका दसैँतिहार अरूको दुःखीको मनमा खुसी भर्नमै बित्यो । गएका दसैँमा केपी कैलालीका गरिब बाढीपीडित परिवारमाझ खाद्यान्न तथा अन्य विभिन्न आवश्यक सामग्रीसहित दसैँ मनाउन पुगे । त्यसको स्रोत थियो बाढीबाट बिचल्लीमा परेका गरिब परिवारको सहयोगका लागि सामाजिक सञ्जालमार्फत चलाइएका अभियान । फेसबुकमा उनले ‘दशा लागेकालाई यो दसैँ’ शीर्षकमा अभियान चलाएको ४ दिनमै ३ लाख सङ्कलन गरे । तीन लाख सङ्कलन गरी उनले कैलालीको त्यस रकमबाट कैलालीका गरिब बाढीपीडित ५५ परिवारलाई आवश्यक सामग्री वितरण गरे । ‘दशा लागेकालाई यो दसैँ’ अभियान चलाएका केपीलाई सुरुमै सफलता मिल्यो । उनी निक्कै हौसिए । फेरि अर्को वर्ष दसैँको मुखैमा खाद्यान्न लिन बाजुरा आउँदै गरेका हुम्ला श्रीनगरका एक युवाको पहिरोमा परी बाटैमा मृत्यु भयो । घरपरिवार भोकै बस्नुपर्ने अवस्था रहेको समाचारमाले उनको मन सहयोगको हुटहुटी चल्यो । समाचार पढेकै दोस्रो दिन फेसबुकमा ‘भोकै छ हुम्ला’ अभियान सुरु गर्दै सहयोगी हातहरूलाई अपिल गरे । ‘समाचार पढेर स्तब्ध हुनु मात्रको कुनै अर्थ छैन, थिएन । भेडा लिएर बाजुरा आउँदै गरेका १२ परिवार घटनापश्चात् रित्तै फर्किएपछि भोकै बस्नुपरेका परिवारमा आफूलाई उभ्याए । केही राहत जुटाउने प्रण गरँे । त्यही अनुसार सहयोगी मनले साथ दिनुभयो,’ त्यो घटनालाई उनी सम्झन्छन् ।

थुप्रैले सहयोगको प्रतिबद्धता जनाए । केहीले चामल दिए, केहीले साबुन, केहीले दाल–तेल अनि केहीबाट नगद सहयोग जुट्यो । जसबाट साता दिनमै २५ परिवारका लागि पर्याप्त दालचामल र तेलसाबुन जुट्यो ।

सामग्री जुटे पनि हुम्लाको श्रीनगर पुर्याउन त्यति सहज भने थिएन । धनगढीदेखि बाजुरा सदरमुकामसम्म ढुवानी गर्न सहजै हुने भए पनि त्यहाँबाट कम्तीमा चार दिन खच्चडबाट बोकाउनुको विकल्प थिएन । श्रीनगर पुग्न खेप्नुपर्ने सास्ती आँकलन गरे केपीले । तर पनि उनले हिम्मत हारेनन् । दुई साथी टङ्क विष्ट र काँशीराम बजगाईंलाई साथ लिएर राहत बोकेर हुम्ला हुइँकिए उनी । धुलाम्मे बाटो, उकाली ओराली र कैयौँ घुम्तीहरू । मार्तडीदेखि खच्चडसँगै उनको यात्रा सुरु भयो । धनगढीबाट हिँडेको पाँचौँ दिनमा उनको टोली हुम्लाको श्रीनगर पुग्यो ।

त्यहाँ पुग्दा स्थानीयले उनीहरुलाई अन्तरमनदेखि नै स्वागत सत्कार गरे । त्यो क्षणलाई उनी दसैँ तिहारमा आफ्नो घरपरिवारबाट पाउनेभन्दा बढी माया र सत्कार पाएको उनी सम्झन्छन् ।

त्यहाँ पुग्दा स्थानीयले उनीहरुलाई अन्तरमनदेखि नै स्वागत सत्कार गरे । त्यो क्षणलाई उनी दसैँ तिहारमा आफ्नो घरपरिवारबाट पाउनेभन्दा बढी माया र सत्कार पाएको उनी सम्झन्छन् । २२ परिवारका लागि ५०–५० किलो चामल र दाल, तेल, साबुन हस्तान्तरण गरिसकेपछि फर्किए । तर यो बीचमा दसैँ–तिहार गइसकेको थियो । उनले घर परिवारका साथ बसेर दशैं तिहार मनाउन पाएनन् । तर पनि दुःख मनाउ छैन उनको । उनी भन्छन्, ‘हाम्रै सानो प्रयासले कसैको दशा दसैँमा परिणत हुँदा मन चङ्गा त्यतिबेला हुन्छ । दसैँमा आमा बुबासँग आशीर्वाद लिने रहर त मेरो पनि हुन्छ । ४ वर्षदेखि दसैँ तिहारमा त्यो अवसर मिलेको छैन । तर सयौँ आमाबुबाको आशीर्वाद र न्यानो मायाले अहिलेसम्म न्यास्रोपनको महसुस भएको छैन ।’

उनको सामाजिक कार्य दसैँतिहारको अवधिमा मात्रै सीमित छैन । ‘दशा लागेकालाई यो दसैँ’ अभियानका साथै ‘क्लिन काष्ठमण्डप’का लागि पनि उनी दिनरात लागिपरेका छन् । यो वर्षको दसैँतिहार प्रकृतिसँग मनाउने केपीको योजना छ । तर साथसाथै, उनको ‘दशा लागेकालाई यो दसैँ’ अभियान पनि जारी नै छ ।

‘यो वर्षको दसैँतिहार प्रकृतिसँग मनाउने योजना बनाएको छु । परीक्षा र बिरामी भएको बेला बाहेक काठमाडौँको फोहोर उठाउँदै आएको छु । दसैँमा भ्रमण वर्ष २०२० लाई सफल बनाउन सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको सरसफाइ गर्ने योजना छ । यो दसैँतिहार प्रकृतिसँग मनाउँछु’, केपीले आफ्नो योजना सुनाए ।

उनले ‘क्लिन काष्ठमण्डप’ अभियान २०७४ पुस २७ मा विभिन्न सङ्घसंस्था, राजनीतिज्ञ, विभिन्न ओहदाका, व्यक्तित्वहरू, जनप्रतिनिधि तथा युवा वर्ग भेला गरेर कोटेश्वर–माइतीघर मण्डलाबाट सुरु गरेका थिए ।

उनले ‘क्लिन काष्ठमण्डप’ अभियान २०७४ पुस २७ मा विभिन्न सङ्घसंस्था, राजनीतिज्ञ, विभिन्न ओहदाका, व्यक्तित्वहरू, जनप्रतिनिधि तथा युवा वर्ग भेला गरेर कोटेश्वर–माइतीघर मण्डलाबाट सुरु गरेका थिए । जसमा  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, मन्त्री लालबाबु पण्डित र नेकपाकी युवा नेतृ नविना लामाको समेत हातमा झाडु थमाएर फोहोर सफाइ गर्न उतारेका थिए ।

त्यति बेलादेखि उनी विशेष चर्चामा छन् । उनका अनुसार त्यसमा करिब एक हजारजनाको सहभागिता थियो । प्रकृतिसँग दसैँ मनाउने योजनामा रहेका केपी काठमाडौँ र देशभर सफाइ अभियानले तीव्रता पाइरहेको दाबी गर्छन् । यो दसैँतिहारमा इनरुवा, विराटनगर, धरान, जनकपुर, चितवन, नेपालगन्ज, लम्की, टीकापुरमा सफाइ अभियानका गरिने छ ।

उनले भने, ‘हामीले भ्याएसम्म प्रकृतिमा पनि दसैँतिहारको उमङ्ग भर्ने कोसिसमा छ । हाम्रो अभियानले विभिन्न ठाउँमा सरसफाइ गर्ने तयारी गरेको छ ।’

‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ नामक अभियानमार्फत केपी बालगृहका लागि ५० लाख रूपैयाँ लागत रकम जुटाउन लागे । जग्गामा भने पैसा परेन । शौचालय, स्नानगृहसहितको चार चारकोठे तीनवटा भवन बनाउन स्थानीयले जग्गा दान गरे । यता केपीले फेसबुक अभियानमा ‘सके हजार नसके प्रचार’ मार्फत ५० लाख रकम सङ्कलन गरे । यतिबेला केपीकै पहलमा बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण भएको छ ।

केपीको कार्य यतिमा सीमित छैन । केपीले ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने अभियान चलाए ।  उनको अभियानसँग जोडिन पुग्यो बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकास्थित ‘कन्सर्न बाजुरा’ संस्था । संस्थाले तीन वर्षदेखि बाजुराका १२ जना अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको थियो । आर्थिक अभावमा गुज्रिएको संस्थाले एउटा भवन निर्माण गर्न सकेको थिएन । ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ नामक अभियानमार्फत केपी बालगृहका लागि ५० लाख रूपैयाँ लागत रकम जुटाउन लागे । जग्गामा भने पैसा परेन । शौचालय, स्नानगृहसहितको चार चारकोठे तीनवटा भवन बनाउन स्थानीयले जग्गा दान गरे । यता केपीले फेसबुक अभियानमा ‘सके हजार नसके प्रचार’ मार्फत ५० लाख रकम सङ्कलन गरे । यतिबेला केपीकै पहलमा बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण भएको छ ।

गत वर्ष असोज २५ गते अभिनेता राजेश हमालले उक्त बालगृहको उद्घाटन गरेको थिए । आफ्नो सानो प्रयासले अहिले सुविधायुक्त भवनमा अनाथ बालबालिका बस्न पाउँदा उनी निकै खुसी छन् । आफ्नो सामाजिक कार्य क्षणिक चर्चाका लागि नभएर गरिबी, अशिक्षा र चेतनाको अभावमा गुज्रिरहेका समुदाय तथा वर्गको हितका लागि रहेको बताउँछन् उनी । यस कार्यलाई उनी साथ पाउन्जेल निरन्तरता दिन चाहन्छन् । राति १ बजेसम्म सामाजिक सञ्जालमा व्यस्त रहेर पनि बिहान ६ बजे उठ्ने गरेका उनले सामाजिक सञ्जालबाटै सहयोग सङ्कलन गरेका हुन् । सामाजिक कार्यका लागि प्रयोग गरिरेको छन् ।

केपीको कहानी

‘एक महिनासम्म काम पाइएन । बुबाले चिनेको होटलमा १० दिनसम्म काम गरेँ । अर्को होटलमा तीन महिनासम्म भाँडा माझेँ । तलब मासिक भारु ५ हजार थियो । त्यसैले काठमाडौँमा आएर फोहोर उठाउने र दशा लागेकाको मनमा थोरै भए पनि मलम लगाउने तागत दियो ।’

तर उनका जीवन पनि दुःख र गरिबीमा कत्ति अल्झिएको छैन । सुदूरपश्चिम अछामको गरिब परिवारमा हुर्किएका केपीका बुबा धनीराम खनाल र आमा मनसरा भारतमा चौकीदारी गर्छन् ।

सुदूरपश्चिमका गरिब परिवारको जीवनयापनको आधार नै भारतमा चौकीदारी बन्ने गरेको पाइन्छ । एसएलसी दिएर उनी भारतमा काम खोज्न गएका थिए । त्यस बेला १४ वर्षको रहेका केपी । ‘एक महिनासम्म काम पाइएन । बुबाले चिनेको होटलमा १० दिनसम्म काम गरेँ । अर्को होटलमा तीन महिनासम्म भाँडा माझेँ । तलब मासिक भारु ५ हजार थियो । त्यसैले काठमाडौँमा आएर फोहोर उठाउने र दशा लागेकाको मनमा थोरै भए पनि मलम लगाउने तागत दियो ।’ अहिले उनको कार्यबाट उनीसँगै परिवार पनि खुसी रहेको उनी बताउँछन् ।

तर अरूको दुःखमा सहयोगको हात फैलाउने केपी चाहन अधुरै रहे । ‘मेरो पढाइ सानैदेखि राम्रो थियो । एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेँ । आर्थिक हैसियतले नभ्याएपछि विज्ञान पढ्ने सपना त्यागेर गाउँमै व्यवस्थापन पढेँ । प्रथम श्रेणीमै पास गरेँ । अनि काठमाडौँ लागेँ ।’

काठमाडौँ पढ्न पनि उनी आफ्नै हैसियतले आएका होइनन् । साथको भरमा उनी काठमाडौँ छिरेका थिए । केही समय उनी बानेश्वरमा साथीको कोठामा बसे । त्योबीचमा एपेन्डिक्सको उपचार गराउन जाँदा ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई भेटे र उनले केपीलाई  ६ महिना बस्ने व्यवस्था गरिदिएका थिए ।

कहिले साथी त कहिले कसैको सहयोगमा उनले काठमाडौँमा जीवनयापन गरिरहे छन् ।

केहीका लागि हिलोमा फुलेको कोमलको फूल बनेका छन् उनी । १२ वर्षको हुँदा ‘गरिब विद्यार्थी बाल क्लब’मा आबद्ध भएपछि केपीको सामाजिक कार्य सुरु भएको थियो । बाल क्लबबाट सुरु भएको उनको सामाजिक कार्यको अभियान क्रमशः झाँगिँदै गएको छ ।

केहीका लागि हिलोमा फुलेको कोमलको फूल बनेका छन् उनी । १२ वर्षको हुँदा ‘गरिब विद्यार्थी बाल क्लब’मा आबद्ध भएपछि केपीको सामाजिक कार्य सुरु भएको थियो । बाल क्लबबाट सुरु भएको उनको सामाजिक कार्यको अभियान क्रमशः झाँगिँदै गएको छ । उनले बाल क्बलमा आबद्ध भएकै बेला कैलालीको एक स्थानीय एफएममा बाल कार्यक्रमसमेत चलाए । पछि विभिन्न सामाजिक सङ्घसंस्था एवं एनजीओहरूमा समेत सहकार्य गरे । त्योसँगै उनी प्रकृति प्रेमी बने । थाले सरसफाइ अभियान । कैलालीको टीकापुर, बाँकेको नेपालगञ्ज हुँदै उनको सरसफाइ अभियान यतिबेला काठमाडौँसम्म फैलिएको छ । काठमाडौँमा पढ्न आएका केपी सफाइ अभियानमा जुटेपछि सामाजिक सञ्जालमा एकाएक चर्चा भएपछि १२–१५ जना सारथि पनि पाए । अहिले उनी बढीजसो समय सरफाइमा नै विताउने गरेको पाइन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...