शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

जुवातास खेल्ने १ सय २ जना पक्राउ,  १९ लाख ६६ हजार बरामद

सोमबार, ११ कात्तिक २०७६, १७ : ०६
सोमबार, ११ कात्तिक २०७६

काठमाडौं– तिहारमा जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न ठाउँबाट १ सय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबारमात्रै देशका विभिन्न स्थानबाट १ सय २ जना पक्राउ परेका हुन्  । प्रहरीका अनुसार भक्तपुर, सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास  खेलिरहेको अवस्थामा खतिवडासहित ८ जना नगद २ लाख ३७ हजार ५ सय रुपैयाँ र २ बुक ताससहित पक्राउ परेका छन् । त्यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका– ९ ताथली बस्ने ३८ वर्षीय तिर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजु समेत ६ जना नगद ६३ हजार ३ सय ४२ रुपैयाँ र ३ बुक ताससहित पक्राउ परेका छन् । 

उता, गुल्मीको गुल्मीदरवार गाउँपालिका–७ गलाम बस्ने लिल सिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङगा नगरपालिका–१२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जना नगद २ लाख ८२ हजार ४ सय २२ रुपैयाँसहित पक्राउ परेका छन् भने वर्दियास्थित राजापुर नगरपालिका–१ बस्ने गुरिलाल थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नगद ४५ हजार ७ सय १९ रुपैयाँ र २ बुक ताससहित सोमबार
बिहानै प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै वर्दिया, बाँसगढी नगरपालिका–९ बस्ने मोहन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने प्रताप थारु लगायत ९ जना नगद ८३ हजार ४ सय ५ रुपैयाँ र ६ बुक ताससहित सोमबार पक्राउ परेका छन् । यता, चितवन, खैरहनी नगरपालिका–१ सिमलघारीस्थित कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका–१ बस्ने ३८ वर्षीय अर्जुन डल्लाकोटी लगायत २० जना नगद १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन् । 

त्यसैगरी चितवन, भरतपुर महानगरपालिका–१४ महेन्द्र चोकस्थित महिनीपाटी प्लेसमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका–८ बस्ने ४२ वर्षीय कुलबहादुर भुजेल लगायत १२ जना नगद ३ लाख ८४ हजार १ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन् भने दाङको लमही नगरपालिका–५ लमहीबजार बस्ने ४८ वर्षीय रत्नप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा रत्नप्रसाद श्रेष्ठ लगायत ८ जनालाई नगद ६ लाख ७८ हजार ५ सय रुपैयाँ, १६ गड्डी तास र ३२ थान कौडासहित  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सबैसँग गरेर १९ लाख ६६ हजार ८ सय ३३ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप