भक्तपुरमा १४ जना जुवाडे पक्राउ

भक्तपुर– महानगरिय प्रहरी परीसर भक्तपुरले जुवा तास खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार १ बजेको समयमा बिशेष सुचनाको आधारमा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रामचन्द्र खतिवडाको घरबाट ८ जनालाई तासको खालबाट नियन्त्रण लिएको हो ।
खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा घर धनीसहित मानिसहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा जुवा तास खालबाटै पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले दुई लाख सैतिस हजार पाँच सय रुपैया र १ बुक तास समेत बरामद गरेको परिसरका सूचना अधिकारी डिएसपी रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।
त्यसैगरि चाँगुनारायण न.पा. ९ ताथली बस्ने तिर्थराम माकाजुको घरमा तास खेली रहेको अवस्थामा घरधनि सहित ६ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनीहरुको साथथबाट त्रिसठ्ठी हजार तिन सय बयालिस रुपैया र ३ बुक तास समेत बरामद गरिएको सूचना अधिकारी डिएसपी पोखरेलले जानकारी दिएका छन् ।
उनीहरुलाई थप अनुसन्धानका लागी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर कार्यसम्पादन, कहाँ चुक्यो बागमती सरकार ?
-
कपालमा बारम्बार मेहन्दी लगाइरहनु हुन्छ ? यस्ता छन् बेफाइदा
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा