बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा १४ जना जुवाडे पक्राउ

सोमबार, ११ कात्तिक २०७६, १५ : ३७
सोमबार, ११ कात्तिक २०७६

भक्तपुर– महानगरिय प्रहरी परीसर भक्तपुरले जुवा तास खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार १ बजेको समयमा बिशेष सुचनाको आधारमा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रामचन्द्र खतिवडाको घरबाट ८ जनालाई तासको खालबाट नियन्त्रण लिएको हो । 

खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा घर धनीसहित मानिसहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा जुवा तास खालबाटै पक्राउ गरेको हो  । उनीहरुको साथबाट प्रहरीले दुई लाख सैतिस हजार पाँच सय रुपैया र १ बुक तास समेत बरामद गरेको परिसरका सूचना अधिकारी डिएसपी रेवती रमण पोखरेलले जानकारी दिएका छन् । 

त्यसैगरि चाँगुनारायण न.पा. ९ ताथली बस्ने तिर्थराम माकाजुको घरमा तास खेली रहेको अवस्थामा घरधनि सहित ६ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।  उनीहरुको साथथबाट त्रिसठ्ठी हजार तिन सय बयालिस रुपैया र ३ बुक तास  समेत बरामद गरिएको सूचना अधिकारी डिएसपी पोखरेलले जानकारी दिएका छन् । 

उनीहरुलाई थप अनुसन्धानका लागी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको प्रहरीले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप