इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४

बग्दाद– इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी घाइते भएका छन् ।
आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्धमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन् । मानव अधिकारका लागि इराकी स्वतन्त्र उच्च आयोग (आइएचसीएचआर) का सदस्य अली अल बायतीले यही अक्टोबर २५ देखि २७ सम्म सुरक्षाकर्मी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिए ।
मृत्यु भएका मध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीहरुको केन्द्रीय कार्यालयमै आक्रमणको प्रयास गरेका थिए ।अल बायातीले प्रदर्शनकारी र सुरक्षाकर्मी गरी कुल ३ हजार ६५४ जना घाइते भएको जानकारी दिए । घाइतेहरुलाई भने अश्रुग्यासको असर धेरै देखिएको छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
तीन दिने प्रदर्शनको अवधिमा ९० ओटा भवन जलेका छन् भने अरु पनि धेरै घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, साउण्ड बम, लठ्ठी आदि प्रयोग गरेका थिए । प्रदर्शनकारीहरुले केन्द्रीय राजधानी बग्दादसहित अन्य मुख्य सहरहरुमा पनि प्रदर्शन गरेका थिए ।
सरकार विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले बिहानैदेखि प्रदर्शन गरेका थिए । उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । धि क्वार, बार्सा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, रोजगारी सृजना गर्नुपर्ने लगायतका माग गरेका छन् । –सिन्ह्वा/Photo: aljazeera
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु